२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

किराँत धार्मिकस्थल रहेको वडामा पहिचानका उम्मेदवारलाई बढी मत

किराँत धर्मावलम्बीको पवित्र धार्मिकस्थल लारुम्बा रहेको माङ्सेबुङ गाउँपालिका वडा ५ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले सबैभन्दा बढी मत ल्याएका छन्।

प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारले सय मत नकटाउँदा थेगिमको मुढा चिह्नमा सबैभन्दा बढी मत आएको हो। थेगिम पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार हुन्।

थेगिमले यो वडामा १ हजार ३२ मत ल्याए। नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङले ६९, कांग्रेस उम्मेदवार डम्बर खड्काले ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले यो वडामा ३ मत ल्याएका छन्।

२ हजार ७ मतदाता हेको यो वडामा १ हजार १ सय ९२ मत खसेको थियो।

उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेदेखि एमाले, कांग्रेसलगायत दलका नेतासमेतले निर्वाचन मुखमा गुरुसँग दर्शन भेट गर्नुले ‘राजनीतिक अपेक्षा’को चर्चा चलेको थियो।

अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माई नगरपालिकाको वडा ६ को जम्मा २९ हजार एक सय ५२ सदर मत गणना भइसकेको छ। अहिलेसम्मको नतिजामा एमालेका सुहाङ नेम्बाङ सबैभन्दा अघि छन्। उनले ११ हजार ६१९, कांग्रेस उम्मेदवार डम्बर खड्काले ७ हजार ६५९, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ४५२ र रास्वपा उम्मेदवार मिलन लिम्बूले १ हजार ५९६ मत ल्याएका छन्।

प्रकाशित: १७ वैशाख २०८१ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App