३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

धनुषामा भारतीय पुरुषको शव भेटियो

धनुषामा एक पुरुष शव फेला परेको छ। नगराइन नगरपालिका–२ जटही बसपार्कस्थित आँपको बगैंंचामा एक पुरुषको शव फेला परेको हो।

धनुषा प्रहरी प्रबक्ता तथा डिएसपी रञ्जन अवाका अनुसार मंगलबार बिहान बसपार्कको केही दूरीमा रहेको आँपको बगैंचामा पहिचान खुल्न नसकेको ती पुरुषको शव बरामद भएको हो।

स्थानीयका अनुसार मृतक पुरुष भारतको बासोपट्टिको रहेका छन्। उनलाई तीनचार दिनअघि अत्यधिक रक्सी सेवन गरेको अवस्थामा प्रहरीले देखेपछि भारततर्फ पठाइएको थियो।

अत्यधिक रक्सी सेवन गरेका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ। उनी रक्सी खाएर बिहान सात बजेसम्म त्यहीँ बगैंचामा आँपको रुखमुनि सुतिरहेका थिए।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको डिएसपी अवाले जानकारी दिएका छन्।

प्रकाशित: १७ वैशाख २०८१ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App